यहोशू 13
13
जित्न बाँकी रहेका ठाउँहरू
1जब यहोशू वृद्ध भए र दिन धेरै खाइसकेका थिए, परमप्रभुले तिनलाई भन्नुभयो, “तँ वृद्ध भइस् अनि तेरो उमेर धेरै भयो, तर अझै धेरै देश अधिकारमा ल्याउन बाँकी छन्।
2“अझै बाँकी रहेका देश यी नै हुन्: पलिश्तीहरूका सारा प्रान्त र गशूरीहरू, 3मिश्रदेशका पूर्वपट्टिको शिहोर नदीदेखि लिएर उत्तरतिरका एक्रोनको सिमानासम्म— यी सबै कनानीको भागमा गनिएका छन्, (पलिश्तीहरूका पाँच प्रान्त, गाजा, अश्दोद, अश्कलोन, गात र एक्रोनका सरदारहरू, र दक्षिणतिरका अव्वीहरूका पनि), 4दक्षिणतिर कनानीहरूका सारा देश, सीदोनीहरूको आरा नाउँ भएको देशदेखि अपेक र एमोरीहरूको सिमानासम्म, 5फेरि गबालीहरूको देश, र पूर्वतर्फ हेर्मोन डाँड़ामुनिको बाल-गाददेखि लिएर लेबो-हमातको बेँसीसम्म सारा लेबनान।
6“अनि लेबनानदेखि मिस्रपोतमैमसम्मका पहाड़ी देशका सबै बासिन्दा, अर्थात् सीदोनीहरू, यिनीहरू सबैलाई इस्राएलीहरूका सामुन्नेबाट म निकालिदिनेछु। तैंले यो देश इस्राएलीहरूलाई मैले अह्राएबमोजिम अधिकारको निम्ति बाँड़िदे। #गन्ती ३३:५४ 7अब यो देश नौ कुलहरूलाई र मनश्शेको आधा कुललाई अधिकारको निम्ति बाँड़िदे।”
अढ़ाइ कुलको सिमाना
8परमप्रभुका दास मोशाले तिनीहरूलाई दिएबमोजिम रूबेनीहरू र गादीहरू र मनश्शेको आधा कुलले पूर्व यर्दन पार मोशाले तिनीहरूलाई दिएका अधिकार पाए। #गन्ती ३२:३३; व्य ३:१२
9तिनीहरूको अधिकार थियो: अर्नोन खोलाको छेउमा भएको अरोएर र त्यही बेँसीका बीचको सहरदेखि मेदबाको सारा टार दीबोनसम्मै, 10र हेश्बोनमा राज्य गर्न एमोरीहरूका राजा सीहोनका सबै सहरहरू अम्मोनीहरूको सिमानासम्मै, 11गिलाद देश र गशूरी र माकातीका सिमानासम्मै, र सारा हेर्मोन डाँड़ा, र सलकासम्म सारा बाशान— 12अर्थात् अस्तारोत र एद्रईमा राज्य गर्ने ओग राजा, जो मात्र रपाईहरूमध्येबाट बचेर रहेका थिए, तिनको सारा बाशान राज्यसम्मै। किनकि यिनीहरूलाई मोशाले जितेर धपाएका थिए। 13तर इस्राएलीहरूले गशूरीहरू र माकातीहरूलाई धपाएनन्। आजको दिनसम्म इस्राएलीहरूका बीचमा गशूरीहरू र माकातीहरू रहेकै छन्।
14तर लेवीको कुललाई उनले कुनै अधिकारको भाग दिएनन्, किनभने परमप्रभु इस्राएलका परमेश्वरको निम्ति चढ़ाइएको अग्नि-होमचाहिँ उहाँकै वचनअनुसार तिनीहरूका अधिकारको भाग हो। #व्य १८:१ 15मोशाले रूबेनको कुललाई तिनीहरूका वंश-वंशअनुसार तिनीहरूलाई यसरी बाँड़िदिएका थिए:
16तिनीहरूको सिमाना थियो: अर्नोन खोलाको छेउमा भएको अरोएर र त्यही बेँसीका बीचको सहर, र मेदबाका सारा टारदेखि लिएर 17हेश्बोन र त्यस टारका सबै सहरहरू, दीबोन, बमोत-बाल, बेथ-बाल-मोन, 18यहसा, कदेमोत, मेपात, 19किर्यातैम, सिब्मा र बेँसीको डाँड़ामा बसेको सेरेथशेहार, 20बेथ-पोर, पिसगाको भिरालो ठाउँ, र बेथ-यशीमोतसम्मै— 21टारका सबै सहरहरू र हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनको सबै राज्य, जसलाई मोशाले मिद्यानका सरदारहरू, अर्थात् सीहोनसँग सन्धि गरेका त्यस देशमा बस्ने एवी, रेकेम, सूर, हूर र रेबाका साथसाथै मारेका थिए। 22लड़ाइँमा मारिएकाहरूबाहेक बओरका छोरा, ईश्वरवाणी गर्ने बालामलाई पनि इस्राएलीहरूले तरवारले मारे। 23रूबेनीहरूको सिमाना यर्दनको किनार भएको थियो। रूबेनीहरूका अधिकारको भाग तिनीहरूका वंश-वंशअनुसार सहरहरू र गाउँहरू यी नै हुन्।
24फेरि मोशाले गादका कुललाई तिनीहरूका वंश-वंशअनुसार तिनीहरूलाई यसरी बाँड़िदिएका थिए:
25तिनीहरूको सिमाना थियो: याजेर र गिलादका सबै सहरहरू र अम्मोनीहरूको आधा देश, रब्बाका नजिकको अरोएरसम्म, 26र हेश्बोनदेखि रामतमस्पा र बेतोनीमसम्म, र महनोमदेखि दबीरको सिमानासम्मै, 27र बेँसीका बेथ-हाराम, बेथ-निम्रा, सुक्कोत, सापोन र हेश्बोनका राजा सीहोनका राज्यका बाँकी रहेजति (यर्दनको पूर्वतिरको किन्नरेत झीलको#13:27 अर्थात् गालील-समुद्रको पल्लो छेउसम्म)। 28गादीहरूका अधिकारको भाग तिनीहरूका वंश-वंशअनुसार, सहरहरू र गाउँहरू यी नै हुन्।
29फेरि मोशाले मनश्शेको आधा कुललाई, अर्थात् मनश्शेका आधा सन्तानहरूलाई तिनीहरूका वंश-वंशअनुसार तिनीहरूलाई यसरी बाँड़िदिएका थिए:
30तिनीहरूको सिमाना थियो: महनोमदेखि बाशानसम्म, बाशानका राजा ओगको सम्पूर्ण राज्य— बाशानमा भएको याईरका सबै बस्तीहरू, जम्मै साठी सहर, 31र गिलादको आधा भाग, अस्तारोत र एद्रई (बाशानमा ओगका राजकीय सहरहरू)। यी सबै मनश्शेका छोरा माकीरका सन्तानका निम्ति, अर्थात् माकीरका आधा सन्तानका निम्ति तिनीहरूका वंश-वंशअनुसार दिइएको थियो।
32यरीहोको पूर्वपट्टि, यर्दन पारि मोआबको मैदानमा मोशाले अधिकारको निम्ति बाँड़ेका भागहरू यी नै हुन्। 33तर लेवीको कुललाई मोशाले कुनै अधिकारको भाग दिएनन्। इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुसार उहाँ नै तिनीहरूका अधिकारको भाग हुनुभयो। #गन्ती १८:२०; व्य १८:२
अहिले सेलेक्ट गरिएको:
यहोशू 13: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012