येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के तिमीहरू अब विश्वास गर्दछौ? हेर, समय आइरहेछ, वास्तवमा आइसकेको छ, जब तिमीहरू छरपष्ट भई आफ्नै ठाउँमा जानेछौ र मलाई एकलै छोड्नेछौ। तापनि म एकलो छैनँ, किनभने पिता मसँग हुनुहुन्छ। मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।”
यूहन्ना 16 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 16:31-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू