YouVersion लोगो
खोज आइकन

यर्मिया 7:1-7

यर्मिया 7:1-7 NNRV

यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो: “परमप्रभुका भवनको मूल ढोकामा उभिएर यो सन्‍देश घोषणा गर्‌: ‘परमप्रभुको आराधना गर्नलाई यी मूल ढोकाहरूबाट पस्‍ने हे यहूदाका सबै मानिस हो, परमप्रभुको वचन सुन। सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिमीहरूका चाल र तिमीहरूका कामहरू सुधार गर, र म तिमीहरूलाई यस ठाउँमा रहन दिउँला। छली कुरामा भरोसा गरी यो नभन, “यो परमप्रभुको मन्‍दिर हो, परमप्रभुको मन्‍दिर हो, परमप्रभुको मन्‍दिर हो!” यदि तिमीहरूले आफ्‍ना चाल र कामहरू साँच्‍ची नै सुधार्‍यौ, र तिमीहरू एउटाले अर्कासित न्‍यायसङ्गत व्‍यवहार गर्‍यौ भने, यदि तिमीहरूले विदेशी, टुहुरा-टुहुरी र विधवाहरूमाथि अत्‍याचार गरेनौ भने, अथवा यस ठाउँमा निर्दोषको रगत बगाएनौ भने, र यदि तिमीहरूको आफ्‍नै हानिको निम्‍ति अरू देवताहरूका पछि लागेनौ भने, म तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु, यसै देशमा, जो मैले तिमीहरूका पिता-पुर्खालाई युग-युगसम्‍म रहनलाई दिएको थिएँ।