YouVersion लोगो
खोज आइकन

यशैया 57:15-16

यशैया 57:15-16 NNRV

किनकि सदासर्वदा जीवित हुनुहुने, उच्‍च र श्रेष्‍ठ, जसको नाउँ पवित्र हो, उहाँ भन्‍नुहुन्‍छ, “म उच्‍च र पवित्र ठाउँमा बस्‍दछु, विनम्रको आत्‍मा जागृत गराउन र पश्‍चात्तापीको हृदय जागृत गराउन, त्‍यससँग पनि बस्‍दछु जो आत्‍मामा पश्‍चात्तापी र विनम्र छ।” म सधैँ दोषी ठहराउनेछैनँ, र म सधैँ क्रोधित हुनेछैनँ, नत्रता मेरो सामुन्‍ने मानिसको आत्‍मा शिथिल हुनेथियो— मैले सृष्‍टि गरेको मानिसको सास।