हेर, एक जना राजाले धार्मिकतामा राज्य गर्नुहुनेछ, र शासकहरूले न्यायसित शासन गर्नेछन्। प्रत्येक मानिस बतासबाट शरणस्थान, र आँधीबेहरीबाट आश्रय लिने ठाउँ, मरुभूमिमा पानी भएका खोलाहरू, र सुक्खा भूमिमा ठूलो चट्टानको छायाजस्तै हुनेछ। त्यतिखेर हेर्नेहरूका आँखा फेरि बन्द हुनेछैनन्, र सुन्नेहरूका कानले सुन्नेछन्। अधीरहरूका मनले जान्नेछन्, र भकभके जिब्रो बुझिनेछ र सफासित बोल्नेछ।
यशैया 32 पढ्नुहोस्
सुन्नुहोस् यशैया 32
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 32:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू