YouVersion लोगो
खोज आइकन

हिब्रू 4:9-13

हिब्रू 4:9-13 NNRV

यसकारण परमेश्‍वरका जनहरूका निम्‍ति शबाथको विश्राम बाँकी नै छ। किनकि परमेश्‍वरको विश्राममा प्रवेश गर्ने जोसुकैले पनि आफ्‍नो परिश्रमदेखि विश्राम गर्छ, जसरी परमेश्‍वरले आफ्‍नो परिश्रमदेखि विश्राम लिनुभयो। यसकारण हामी त्‍यस विश्राममा प्रवेश गर्नलाई प्रयत्‍न गरौं, र त्‍यस्‍तै किसिमको अनाज्ञाकारिताद्वारा कोही पनि पतित नहोस्‌। किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ। यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ। परमेश्‍वरको दृष्‍टिमा सृष्‍टिको कुनै कुरा लुकेको हुँदैन। उहाँका नजरको सामुन्‍ने सबै कुरा स्‍पष्‍ट र खुला छन्, उहाँलाई नै हामीले लेखा दिनुपर्छ।