लेमेखले दुई जना पत्नी ल्याए। एउटीको नाउँ आदा र अर्कीको सिल्ला थियो। आदाले याबाललाई जन्माइन्। उनी पालमा बस्नेहरू र पशु पाल्नेहरूका पुर्खा थिए। उनका भाइको नाउँ यूबाल हो। उनीचाहिँ वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए। सिल्लाले तूबल-कयिनलाई जन्माइन्। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्। लेमेखले आफ्ना पत्नीहरूलाई भने, “ए आदा र सिल्ला, मेरा कुरा सुन, ए लेमेखका पत्नी हो, मैले भनेका कुरामा ध्यान दिएर सुन, किनभने मलाई चोट लाउने मानिसलाई मैले मारेको छु, मलाई घाइते बनाउने जवान मानिसलाई। यदि कयिनको बदला सात गुणा लिइन्छ भने, लेमेखको चाहिँ सतहत्तर गुणा लिइनेछ।”
उत्पत्ति 4 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 4:19-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू