YouVersion लोगो
खोज आइकन

इजकिएल 10

10
मन्दिरबाट महिमा हटेको
1त्‍यसपछि मैले हेरें, र करूबहरूका शिरदेखि मास्‍तिर भएको विस्‍तृत क्षेत्रमा नीरको सिंहासनजस्‍तै केही देखा पर्‍यो। #इज १:२६; प्रका ४:२ 2तब परमप्रभुले त्‍यो सूती कपड़ा लगाएको मानिसलाई भन्‍नुभयो, “करूबहरूका मुन्‍तिर रहेका पाङ्‌ग्राहरूका बीचमा जा। ती करूबहरूका बीचमा भएको जलिरहेको आगोको भुङ्‌ग्रो हातमा लिएर सहरमाथि छरिदे।” तब मैले हेर्दाहेर्दै त्‍यो भित्र पस्‍यो। #प्रका ८:५
3अब त्‍यो मानिस भित्र जाँदा करूबहरूचाहिँ मन्‍दिरको दक्षिणपट्टि उभिरहेका थिए, र एउटा बादलले भित्री चोक भरियो। 4तब परमप्रभुको महिमा करूबहरूका मास्‍तिरबाट मन्‍दिरको सँघारतिर लाग्‍यो। अनि भवन बादलले भरियो र चोकचाहिँ परमप्रभुको महिमाको चमकले भरियो। 5करूबहरूका पखेटाको आवाजचाहिँ बाहिरको चोकसम्‍मै सुनिन्‍थ्‍यो— सर्वशक्तिमान्‌ परमेश्‍वर बोल्‍नुहुँदा सुनिने आवाज जस्‍तै त्‍यो थियो।
6जब परमप्रभुले त्‍यो सूती कपड़ा लाउने मानिसलाई यसो भनेर आज्ञा दिनुभयो, “ती पाङ्‌ग्राका बीचमा, करूबहरूका माझबाट आगो ले।” तब त्‍यो मानिस गएर एउटा पाङ्‌ग्राको छेउमा उभियो। 7तब एउटा करूबले आफ्‍नो हात करूबहरूकै बीचमा भएको आगोतिर पसारे, र त्‍यहाँबाट केही आगोको भुङ्‌ग्रो लिएर सूती कपड़ा लाउने मानिसको हातमा त्‍यो राखिदिए। र त्‍यो मानिसचाहिँ आगो लिएर बाहिर निस्‍क्‍यो। 8ती करूबहरूका पखेटामुनि मानिसका हातहरूजस्‍तै देखिन्‍थे।
9अनि मैले हेरें, र के देखें भने, करूबहरूका छेउमा चार वटा पाङ्‌ग्राहरू रहेछन्, प्रत्‍येक करूबको छेउमा एउटा-एउटा पाङ्‌ग्रो। ती पाङ्‌ग्राहरू चहकिला पीतमणिजस्‍तै देखिन्‍थे। #इज १:१५-२१ 10हेर्नमा ती चारै पाङ्‌ग्राहरू एकै किसिमका थिए— एउटाभित्र अर्को पाङ्‌ग्रो भएजस्‍तै। 11तिनीहरू चलमल गर्दा करूबहरू फर्केका चार दिशामा कुनै एक दिशातिर तिनीहरू जान्‍थे। ती पाङ्‌ग्राहरू पछि फर्कंदैनथे। ती करूबहरू जाँदा तिनीहरूको टाउको जुन दिशातिर फर्केको हुन्‍थ्‍यो, तिनीहरू पनि त्‍यसैतिर नफर्कीकनै जान्‍थे। 12तिनीहरूका सम्‍पूर्ण शरीर, तिनीहरूका पीठ, हात र पखेटा, तिनीहरूका चारै वटा पाङ्‌ग्राहरूसमेत सम्‍पूर्ण आँखै-आँखाले भरिएको थियो। #प्रका ४:८ 13ती पाङ्‌ग्राहरूलाई “हुरुरुरु घुम्‍ने पाङ्‌ग्रा” भनेको मैले सुनें। 14प्रत्‍येक करूबका चार वटा मोहड़ा थिए— पहिलो मोहड़ा करूबको, दोस्रो मोहड़ा मानिसको, तेस्रो सिंहको र चौथो गरुडको जस्‍तै थियो। #इज १:१०; प्रका ४:७
15तब ती करूबहरू उँभो-उँभो जान लागे। यी ती नै जीवित जीवातहरू थिए, जसलाई मैले कबार नदीको किनारमा देखेको थिएँ। 16जब ती करूबहरू चलमल गर्थे, तब तिनीहरूका छेउका पाङ्‌ग्राहरू पनि तिनीहरूसितै जान्‍थे। जब ती करूबहरू भूइँबाट उँभो जानलाई आफ्‍ना पखेटा फैलाउँथे, तब ती पाङ्‌ग्राहरू करूबहरूका छेउबाट हट्‌दैनथे। 17जब ती करूबहरू टक्‍क खड़ा हुन्‍थे, तब ती पाङ्‌ग्राहरू पनि खड़ा नै रहन्‍थे। अनि जब ती करूबहरू मास्‍तिर उठ्‌थे, तब ती पाङ्‌ग्राहरू पनि तिनीहरूसँगै माथि उठ्‌थे। किनभने ती जीवित जीवातहरूको आत्‍मा पाङ्‌ग्राहरूमा नै थियो।
18तब परमप्रभुको महिमा मन्‍दिरको सँघारबाट निस्‍केर करूबहरूका मास्‍तिर अड़ियो। 19अनि मैले नियालेर हेर्दा ती करूबहरूले आ-आफ्‍ना पखेटाहरू फैलाएर भूइँबाट उँभो-उँभो गए। तिनीहरू जाँदा ती पाङ्‌ग्राहरू पनि तिनीहरूका साथसाथै उँभो गए। तब परमप्रभुका भवनको पूर्वतिरका प्रवेशद्वारको मुखैमा तिनीहरू खड़ा भएर थामिए, र इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूका मास्‍तिर थियो।
20कबार नदीको किनारमा इस्राएलका परमेश्‍वरको मुन्‍तिर मैले देखेका ती जीवित जीवात यी नै थिए। तिनीहरू त करूबहरू रहेछन्‌ भनी मैले थाहा पाएँ। 21प्रत्‍येकका चार-चार वटा मोहड़ा र चार-चार वटा पखेटा थिए, र ती पखेटामुनि मानिसका हातहरूजस्‍तै देखिन्‍थे। 22तिनीहरूका मोहड़ाको रूपचाहिँ कबार नदीको किनारमा मैले देखेका मोहड़ाको जस्‍तै थियो। तिनीहरू हरेक सोझै हिँड्‌दथे।

अहिले सेलेक्ट गरिएको:

इजकिएल 10: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्