जब मोशा ठूला भए तब तिनी आफ्ना भाइबन्धुहरूकहाँ गए, र तिनीहरूले गरेका कठिन काम देखे। तिनले आफ्ना भाइबन्धुहरूमध्ये एक जनालाई, अर्थात् एक जना हिब्रूलाई एक जना मिश्रीले हिर्काइरहेको देखे। तब तिनले यताउता हेरे, र कोही पनि नदेख्दा त्यस मिश्रीलाई मारेर बालुवामा पुरिदिए। भोलिपल्ट त्यहाँ जाँदा दुई जना हिब्रूहरू आपसमा कुटपिट गरिरहेका तिनले देखे। तिनले अन्याय गर्नेचाहिँलाई भने, “तिमी आफ्नै हिब्रू मान्छेलाई किन हिर्काउँछौ?” त्यसले भन्यो, “कसले तिमीलाई हाम्रो शासक र न्यायकर्ता तुल्यायो? त्यस मिश्रीलाई मारेजस्तो मलाई पनि मार्न चाहन्छौ?” तब मोशाले डराएर मनमनै भने, “अवश्य यो कुरो फिँजिन लागेछ।” फारोलाई यो कुरा थाहा भयो र उनले मोशालाई मार्ने विचार गरे। तब मोशा फारोदेखि भागेर मिद्यान देशमा गए र त्यहाँ एउटा कूवानेर बसे। मिद्यानका पूजाहारीका सात जना छोरीहरू थिए। तिनीहरू त्यहाँ पानी भर्नलाई आए, र आफ्ना बुबाका भेड़ाबाख्रालाई पानी खुवाउन डूँड़ भर्न लागे। यसै बीचमा गोठालाहरू आएर तिनीहरूलाई धपाउन लागे। तर मोशा उठेर तिनीहरूलाई सहायता गरे, र तिनीहरूका भेड़ाबाख्राहरूलाई पानी खान दिए। जब तिनीहरू आफ्ना बुबा रूएलकहाँ आए तब उनले सोधे, “तिमीहरू कसरी आज यति चाँड़ै आयौ?” तिनीहरूले भने, “एक जना मिश्रीले हामीलाई गोठालाहरूका हातबाट छुटाए। त्यसबाहेक तिनले हाम्रा निम्ति पानी तानेर भेड़ाबाख्राहरूलाई पनि पानी खान दिए।” तब उनले आफ्ना छोरीहरूलाई भने, “तिनी कहाँ छन्? किन तिमीहरूले ती मानिसलाई छोड़ेर आयौ? जाओ, र हामीसित खान तिनलाई बोलाएर ल्याओ।” तब मोशा ती मानिससित बस्न राजी भए। उनले आफ्नी छोरी सिप्पोराचाहिँ मोशालाई विवाहमा दिए। सिप्पोराले एक जना छोरो जन्माइन्, र मोशाले त्यसको नाउँ गेर्शोम राखे, किनकि तिनले भने, “म विदेशमा प्रवासी भएर बसेको छु।”
प्रस्थान 2 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 2:11-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू