YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 2:10-14

प्रस्‍थान 2:10-14 NNRV

बालक ठूलो भएपछि तिनले त्‍यसलाई फारोकी छोरीकहाँ ल्‍याइन्, र त्‍यो तिनको छोरो भयो। तिनले त्‍यसको नाउँ मोशा राखिन्, किनकि तिनले भन्‍थिन्, “मैले यसलाई पानीबाट निकालेकी हुँ।” जब मोशा ठूला भए तब तिनी आफ्‍ना भाइबन्‍धुहरूकहाँ गए, र तिनीहरूले गरेका कठिन काम देखे। तिनले आफ्‍ना भाइबन्‍धुहरूमध्‍ये एक जनालाई, अर्थात्‌ एक जना हिब्रूलाई एक जना मिश्रीले हिर्काइरहेको देखे। तब तिनले यताउता हेरे, र कोही पनि नदेख्‍दा त्‍यस मिश्रीलाई मारेर बालुवामा पुरिदिए। भोलिपल्‍ट त्‍यहाँ जाँदा दुई जना हिब्रूहरू आपसमा कुटपिट गरिरहेका तिनले देखे। तिनले अन्‍याय गर्नेचाहिँलाई भने, “तिमी आफ्‍नै हिब्रू मान्‍छेलाई किन हिर्काउँछौ?” त्‍यसले भन्‍यो, “कसले तिमीलाई हाम्रो शासक र न्‍यायकर्ता तुल्‍यायो? त्‍यस मिश्रीलाई मारेजस्‍तो मलाई पनि मार्न चाहन्‍छौ?” तब मोशाले डराएर मनमनै भने, “अवश्‍य यो कुरो फिँजिन लागेछ।”