मैले तिमीहरूलाई आज दिएका सबै आज्ञा होशियारीसाथ मान, कि तिमीहरू जीवित रहन र संख्यामा बढ्न सक, र गएर परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशलाई अधिकार गर्न सक। तिमीहरूलाई दीन तुल्याउन, जाँच गर्न र उहाँका आज्ञा मान्ने हृदय छ कि छैन भनी जान्नलाई यी चालीस वर्षभरिको उजाड़-स्थानको यात्रामा परमप्रभु तिमीहरूका परमेश्वरले कसरी तिमीहरूलाई डोर्याउनुभयो, सो स्मरण गर। उहाँले तिमीहरूलाई नम्र बनाउन भोकले पीडित तुल्याउनुभयो, अनि तिमीहरूलाई मन्न खुवाउनुभयो, जसको बारेमा तिमीहरूलाई र तिमीहरूका पिता-पुर्खाहरूलाई थाहै थिएन। मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले जिउँछ भन्ने कुरो बुझाउनलाई यसो गर्नुभएको हो। ती चालीस वर्षसम्म तिमीहरूका जीउको लुगा फाटेन, र तिमीहरूका खुट्टा सुनिएनन्। तिमीहरूले यो जान, कि मान्छेले आफ्नो छोरालाई ताड़ना दिएझैँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ताड़ना दिनुहुन्छ। परमप्रभु तिमीहरूका परमेश्वरका मार्गमा हिँड़ेर र उहाँको भय मानेर उहाँका आज्ञाहरू पालन गर। किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एउटा असल देशमा लैजानुहुँदैछ। त्यहाँ खोलानाला र मूल फुटेका पानी पहाड़ र बेँसी भएर बग्छन्। त्यो देश गहूँ, जौ, दाख, नेभारा, दारिम, भद्राक्षको तेल र महले भरिएको छ। त्यस देशमा तिमीहरूलाई अन्नको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको घटी हुनेछैन। त्यस देशमा ढुङ्गाहरू फलामका छन्, र त्यहाँका पहाड़बाट तिमीहरूले तामा निकाल्नेछौ। जब तिमीहरू तृप्त होउञ्जेल खान पाउनेछौ, तब तिमीहरूलाई दिनुभएको असल देशको निम्ति तिमीहरूले आफ्ना परमेश्वरको प्रशंसा गर।
व्यवस्था 8 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 8:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू