YouVersion लोगो
खोज आइकन

व्यवस्था 5

5
मोशाले दश आज्ञा दोहोर्‍याएका
1मोशाले सबै इस्राएलीहरूलाई बोलाएर भने: हे इस्राएली हो, आज मैले तिमीहरूलाई दिएका विधि र विधान सुन, र ती होशियारीसाथ पालन गर। #प्रस २०:१-१७ 2परमप्रभु हाम्रा परमेश्‍वरले हामीसित होरेबमा करार बाँध्‍नुभयो। 3परमप्रभुले यो करार हाम्रा पिता-पुर्खासँग होइन, तर हामीसँग, जो आजसम्‍म यहाँ जीवित छौं, यो बाँध्‍नुभएको हो। 4परमप्रभुले तिमीहरूसँग पर्वतमा अग्‍निबाट आमनेसामने कुरा गर्नुभयो। 5(त्‍यस बेला म नै परमप्रभु र तिमीहरूका बीचमा भएर परमप्रभुका वचन तिमीहरूलाई जनाउन खड़ा भएँ, किनकि तिमीहरू अग्‍निको कारण डराएका थियौ, र पर्वतमा उक्‍लेनौ।) अनि उहाँले भन्‍नुभयो:
6“म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ।
7“मबाहेक अरू कुनै देवी-देवताहरू नमान्‍नू।
8“आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू। #लेवी २६:१; व्‍य ४:१५-१८; २७:१५ 9तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु, #प्रस ३४:६-७; गन्ती १४:१८; व्‍य ७:९-१० 10तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।
11“परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ व्‍यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्‍यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन। #लेवी १९:१२
12“परमप्रभु आफ्‍ना परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम शबाथ-दिन पवित्र राख्‍न याद राख्‍नू। #प्रस १६:२३-३०; ३१:१२-१४ 13छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू, #प्रस २३:१२; ३१:१५; ३४:२१; ३५:२; लेवी २३:३ 14तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू— आफ्‍ना छोराछोरी, कमारा-कमारी, गोरु, गधा कुनै पशुले सहरभित्र भएको परदेशीले पनि केही काम नगरोस्‌। आफ्‍ना कमारा र कमारीले तिमीहरूसँग विश्राम गरून्‌। 15तिमीहरू मिश्रमा कमारा हुँदा कसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्‍याउनुभयो, सो याद राख। यसैकारण परमप्रभु तिमीहरूका परमेश्‍वरले शबाथ मान्‍न तिमीहरूलाई आज्ञा गर्नुभएको हो।
16परमप्रभु आफ्‍ना परमेश्‍वरले आज्ञा दिनुभएझैँ आफ्‍ना बुबा र आमालाई आदर गर्नू, र परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्, र त्‍यहाँ तिमीहरूको भलो होस्‌। #व्‍य २७:१६; मत्ती १५:४; १९:१९; मर्क ७:१०; १०:१९; लूक १८:२०; एफि ६:२,३
17“हत्‍या नगर्नू। #उत ९:६; लेवी २४:१७; मत्ती ५:२१; १९:१८; मर्क १०:१९; लूक १८:२०; रोम १३:९; याक २:११
18“व्‍यभिचार नगर्नू। #लेवी २०:१०; मत्ती ५:२७; १९:१८; मर्क १०:१९; लूक १८:२०; रोम १३:९; याक २:११
19“चोरी नगर्नू। #लेवी १९:११; मत्ती १९:१८; मर्क १०:१९; लूक १८:२०; रोम १३:९
20“आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू। #प्रस २३:१; मत्ती १९:१८; मर्क १०:१९; लूक १८:२०
21“आफ्‍नो छिमेकीका पत्‍नी, घर, खेतबारी, कमारा, कमारी, गोरु, गधा, अथवा त्‍यसको कुनै पनि वस्‍तुको लालच नगर्नू।” #रोम ७:७; १३:९
22यी आज्ञाहरू परमप्रभुले पर्वतमा आगो र बादल र घोर अन्‍धकारको बीचबाट तिमीहरूका सारा समुदायलाई ठूलो सोरले भन्‍नुभयो। उहाँले थप केही भन्‍नुभएन। अनि उहाँले ती आज्ञा दुई वटा ढुङ्गाका पाटीमा लेखेर मलाई दिनुभयो। #हिब १२:१८-१९
23जब तिमीहरूले अन्‍धकारको बीचबाट सोर सुन्‍यौ, र जब पर्वत आगोले बलिरहेको थियो, तब तिमीहरूका कुलका सबै नायकहरू र धर्म-गुरुहरू मेरो नजिक आए। #प्रस २०:१८-२१ 24अनि तिमीहरूले भन्‍यौ, “परमप्रभु हाम्रा परमेश्‍वरले आफ्‍नो महिमा र गौरव हामीलाई प्रकट गर्नुभयो। हामीले उहाँको सोर अग्‍निबाट सुन्‍यौ। परमेश्‍वर मानिससँग बोल्‍नुभए तापनि मानिस जीवित रहेको हामीले आज देख्‍यौं। 25अब यति ठूलो अग्‍निमा भस्‍म भएर हामी किन मर्ने? यदि परमप्रभु हाम्रा परमेश्‍वरको सोर हामीले अझै सुन्‍यौं भनेता हामी मर्नेछौं! 26अग्‍निबाट जीवित परमेश्‍वर बोल्‍नुभएको सुनेर हामीझैँ बाँच्‍ने कुनचाहिँ मरणशील मानिस होला? 27तपाईं आफै नै नजिक जानुहोस्, र परमप्रभु हाम्रा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा सुनेर हामीलाई बताउनुहोस्‌ र हामी सुनेर पालन गर्नेछौं।”
28तिमीहरू मसित बोलेका परमप्रभुले सुन्‍नुभयो, र उहाँले मलाई भन्‍नुभयो, “यी मानिसहरूले तँलाई भनेका कुरा मैले सुनें। तिनीहरूले ठीकै भनेका छन्‌। 29मेरो डर मान्‍ने र सधैँ मेरा सबै कुरा पालन गर्ने तिनीहरूका हृदय भए त हुनेथियो, ताकि तिनीहरू र तिनीहरूका सन्‍तानको भलो सधैँभरि होस्‌।
30“‘तिमीहरू आ-आफ्‍नो पालमा फर्क’ भनी गएर तिनीहरूलाई भन्‌। 31तर तँचाहिँ यहाँ मेरो नजिक खड़ा हो। अनि तैंले तिनीहरूलाई सिकाउनुपर्ने सबै आज्ञा, विधि र विधान म तँलाई बताउनेछु, र मैले तिनीहरूको अधिकारमा दिने देशमा तिनीहरूले ती पालन गरून्‌।”
32यसकारण परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा मान्‍न याद राख। तिमीहरू देब्रे-दाहिने कतै नलाग। 33परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई हिँड्‌न भनी आज्ञा गर्नुभएका सबै मार्गमा हिँड़, ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू जीवित रह, र तिमीहरूको कल्‍याण होस्, र तिमीहरूको आयु लामो होस्‌।

अहिले सेलेक्ट गरिएको:

व्यवस्था 5: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्