हे आकाश, सुन, म बोल्दछु, हे पृथ्वी, कान थाप, मेरा मुखका वचनहरूप्रति। मेरा शिक्षा झरीझैँ बर्सन देओ, मेरो वचन शीतझैँ झर्न देओ, कलिलो घाँसमाथि सिमसिमे पानीझैँ, झारपातमाथि दर्कने पानीझैँ। म परमप्रभुका नाउँको घोषणा गर्नेछु। परमेश्वरका महानताको प्रशंसा गर! उहाँ नै चट्टान हुनुहुन्छ। उहाँका काम सिद्ध छन्, र उहाँका सबै चाल न्यायोचित छन्। एउटा विश्वासयोग्य परमेश्वर जसले भूल गर्नुहुन्न, न्यायी र सत्य उहाँ हुनुहुन्छ।
व्यवस्था 32 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 32
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 32:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू