तब परमप्रभुले मलाई भन्नुभएझैँ हामी फर्केर लाल समुद्रको दिशातर्फ उजाड़-स्थानतिर लाग्यौं, र धेरै दिनसम्म सेइरको पहाड़ी देशको फेरो लगायौं। अनि परमप्रभुले मलाई भन्नुभयो, “तिमीहरूले यस पहाड़ी देशको फेरो लगाएको धेरै दिन भयो। अब उत्तरतिर लाग। तैंले मानिसहरूलाई यसो भनेर आज्ञा दे: ‘तिमीहरू एसावका सन्तान, आफ्नै दाजुभाइ सेइरवासीको देश भएर जान लागेका छौ। उनीहरू तिमीहरूसित डराउनेछन्, यसर्थ तिमीहरू धेरै सतर्क रहनू। उनीहरूलाई लड्न नउक्साउनू, किनकि म तिमीहरूलाई उनीहरूको देशमा पैतालाले टेक्ने जत्रो ठाउँ पनि दिन्नँ। सेइरको पहाड़ी देश मैले एसावको अधिकारमा दिएको छु। खाने भोजन र पिउने पानीको लागि तिमीहरूले उनीहरूलाई चाँदीको पैसा दिनुपर्छ’।” परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष् दिनुभएको छ। यस ठूलो उजाड़-स्थानको यात्राभरि उहाँले तिमीहरूको हेर-विचार गर्नुभएको छ। यी चालीस वर्षभरि परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँगै रहनुभएको छ, र तिमीहरूलाई केही कुराको अभाव भएको छैन। यसैकारण सेइरमा बस्ने एसावका सन्तान, हाम्रा दाजुभाइहरूका मध्येबाट हामी गयौं। एलात र एस्योन-गेबेरबाट आउने अराबाको बाटो नगएर हामीहरू मोआबको उजाड़-स्थानको बाटो लाग्यौं। तब परमप्रभुले मलाई भन्नुभयो, “मोआबलाई दु:ख-कष्ट नदेओ, र उनीहरूलाई लड़ाइँ गर्न नउक्साओ। उनीहरूको देशबाट कुनै अंश पनि म तिमीहरूलाई दिन्नँ, किनभने मैले आर सहर लोतका सन्तानको अधिकारमा दिएको छु।” (एक समय त्यहाँ एमीहरू बस्थे, जो असंख्य, पराक्रमी र अनाकीहरूजस्तै अल्गा-अल्गा थिए। अनाकीहरूझैँ यी पनि रपाई नै गनिन्थे, तर मोआबीहरूले यिनीहरूलाई एमी भन्थे। उहिले नै होरीहरू पनि सेइरमा बस्थे, तर एसावका सन्तानले यिनीहरूलाई धपाए। उनीहरूले यिनीहरूलाई नाश गरेर यिनीहरूका सट्टामा बसोबास गरे, जसरी परमप्रभुले अधिकार गर्न दिनुभएको देश इस्राएलीहरूले लिएका थिए।) अनि परमप्रभुले भन्नुभयो, “अब जेरेद खोला पार गर।” अनि हामी जेरेद खोला पारि गयौं। परमप्रभुले शपथ खानु भएझैँ हामीहरूको छाउनीबाट लड़ाइँ गर्ने मानिसहरू सबै नष्ट नहोउञ्जेल कादेश-बर्नेबाट जेरेद खोला पारिसम्म आइपुग्न हामीलाई अठतीस वर्ष लाग्यो। छाउनीबाट ती सबै नष्ट नहोउञ्जेल परमप्रभुको हात तिनीहरूका विरुद्धमा रह्यो। जनसमुदायका माझबाट लड़ाइँ गर्ने मानिसहरू सबै नष्ट भइसकेपछि परमप्रभुले मलाई यसो भन्नुभयो
व्यवस्था 2 पढ्नुहोस्
सुन्नुहोस् व्यवस्था 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्था 2:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू