यो कुरा तिनलाई थाहा भएपछि, तिनी मर्कूस भनिने यूहन्नाकी आमा मरियमको घरमा गए। त्यहाँ धेरै जना जम्मा भएर प्रार्थना गरिरहेका थिए। तिनले ढोका ढकढक्याउँदा रोदा नाउँ भएकी नोकर्नी ढोका खोल्न आई। पत्रुसको सोर चिनेपछि त्यो खुशी भएर ढोकै नखोली भित्र दगुरेर गई “पत्रुस ढोकामा उभिरहेका छन्” भनी खबर दिई। तर तिनीहरूले त्यसलाई भने, “तँ बौलाही होस्।” तर त्यसले भनेकी कुरा साँच्चै हो भनी त्यसले जिद्दी गरी। तब तिनीहरूले भने, “त्यो उनको स्वर्गदूत होला।” तर पत्रुसले चाहिँ ढकढक्याइरहे। ढोका खोल्दा तिनलाई देखेर तिनीहरू छक्क परे। तिनले “चूप लाग” भनी हातले इशारा गरे, र प्रभुले तिनलाई कसरी झ्यालखानबाट बाहिर निकाल्नुभयो सो तिनीहरूलाई बताए। यी कुराको समाचार याकूब र अरू भाइहरूलाई दिनू भनेर तिनी बिदा भएर अर्कै ठाउँमा गइहाले।
प्रेरित 12 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 12:12-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू