२ कोरिन्थी 11:18-22
२ कोरिन्थी 11:18-22 NNRV
धेरैले सांसारिक कुराहरूमा घमण्ड गरेका हुनाले म पनि घमण्ड गर्दछु। तिमीहरू आफै यति बुद्धिमान् भएछौ कि खुशीसाथ मूर्खहरूलाई सहँदारहेछौ। किनकि यदि कुनै मानिसले तिमीहरूलाई कमारा तुल्याउँछ, वा तिमीहरूलाई आफ्नो शिकार बनाउँछ, वा तिमीहरूबाट फाइदा उठाउँछ, अथवा धाक जमाउँछ, वा तिमीहरूलाई मुखैमा थप्पड़ लाउँछ भने पनि तिमीहरू सब सहँदारहेछौ। म लज्जित भएर स्वीकार गर्छु, कि हामीले चाहिँ यी सब सहन सकेनौं। तर कसैले कुनै कुरामा घमण्ड गर्छ भने, म पनि ती कुरामा घमण्ड गर्छु। हो, म मूर्खझैँ बोल्दैछु। के तिनीहरू हिब्रू हुन्? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन्? म पनि हुँ।

