1
प्रकाश 6:8
नेपाली समकालीन संस्करण
मैले हेरें, मेरो सामु एउटा हल्का हरियो रङ्गको घोडा थियो! त्यसको सवारलाई मृत्यु भन्ने नाउँ दिइएको थियो, र पातालचाहिँ त्यसको पछि-पछि लागेको थियो। तिनीहरूलाई संसारको चौथाइ भागलाई तरवारले, अनिकालले, रूढीले र संसारका जङ्गली जन्तुहरूले मार्ने शक्ति दिइएको थियो।
तुलना
अन्वेषण गर्नुहोस् प्रकाश 6:8
2
प्रकाश 6:2
अनि त्यहाँ मैले मेरो सामु एउटा सेतो घोडा देखें! त्यसको सवारले एउटा धनु समातेको थियो, अनि उसलाई एउटा मुकुट दिइयो; अनि ऊ विजय गर्ने उद्देश्यले विजयीझैं निस्क्यो।
अन्वेषण गर्नुहोस् प्रकाश 6:2
3
प्रकाश 6:9
जब थुमाले पाँचौं छाप खोल्नुभयो, तब मैले वेदीको मुनि तिनीहरूका आत्माहरूलाई देखें, जो परमेश्वरको वचनको कारण र आफ्नो साक्षी कायम राखेको कारण मारिएका थिए।
अन्वेषण गर्नुहोस् प्रकाश 6:9
4
प्रकाश 6:10-11
तिनीहरूले जोडसित यसो भने, “हे सार्वभौम, पवित्र र सत्य परमेश्वर, तपाईंले कहिलेसम्म संसारका बासिन्दाहरूमाथि न्याय गरेर हाम्रा रगतको बदला लिनुहुन्न र?” तब ती प्रत्येकलाई पाउसम्म लामो सेतो वस्त्र दिइयो; अनि तिनीहरूका सङ्गी-सेवकहरू र दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीहरूझैं मारिएर संख्यामा पूरा नभएसम्म केही समय पर्खिनू भनी तिनीहरूलाई भनियो।
अन्वेषण गर्नुहोस् प्रकाश 6:10-11
5
प्रकाश 6:4
अनि अर्को उज्ज्वल रातो घोडा आयो। उसलाई एउटा ठूलो तरवार दिइयो। त्यसको सवारलाई संसारदेखि शान्ति उठाइलैजाने र एक-अर्का मानिसलाई मारून् भन्ने अख्तियार दिइयो।
अन्वेषण गर्नुहोस् प्रकाश 6:4
6
प्रकाश 6:17
किनकि उहाँहरूको क्रोधको महा दिन आइपुगेको छ, अनि यसको सामना कसले गर्न सक्ला र?”
अन्वेषण गर्नुहोस् प्रकाश 6:17
7
प्रकाश 6:12-13
थुमाले छैटौं छाप खोल्नुभएको मैले हेरें। तब एउटा ठूलो भुइँचालो गयो। सूर्यचाहिँ बाख्राको रौँले बनिएको भाङ्ग्राझैं कालो भयो; अनि सम्पूर्ण चन्द्रमा रगतजस्तो रातो भयो, अनि आकाशका ताराहरूचाहिँ नपाकेका अञ्जीरहरू हावाले हल्लाइँदा झरेझैं पृथ्वीमा झरे।
अन्वेषण गर्नुहोस् प्रकाश 6:12-13
8
प्रकाश 6:5-6
जब थुमाले तेस्रो छाप खोल्नुभयो, मैले तेस्रो जीवित प्राणीले यसो भनिरहेको सुनें, “आऊ!” मैले हेरें, अनि मेरो सामु एउटा कालो घोडा थियो! त्यसको सवारको हातमा एउटा तराजु थियो। तब ती चार जीवित प्राणीहरूमध्ये एउटा आवाजले यसो भनिरहेको मैले सुनें, “एक दिनको ज्याला एक किलो गहुँ र एक दिनको ज्याला, तीन किलो जौ; तेल र दाखमद्यलाई हानि नगर्नू!”
अन्वेषण गर्नुहोस् प्रकाश 6:5-6
9
प्रकाश 6:14-15
आकाशचाहिँ पत्रको मूठाझैं बेह्रिएर गयो; अनि प्रत्येक पहाड र टापूचाहिँ आफ्नो ठाउँबाट हटिगए। तब संसारका राजाहरू, राजकुमारहरू, सेनापतिहरू, धनीहरू, पराक्रमीहरू, प्रत्येक सेवक र स्वतन्त्र व्यक्ति, ओडार, चट्टान र पहाडहुँदो लुके।
अन्वेषण गर्नुहोस् प्रकाश 6:14-15
होम
बाइबल
योजनाहरू
भिडियोहरू