1
भजनसंग्रह 27:14
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
याहवेहको प्रतीक्षा गर; बलियो र हृदयमा साहसिलो होऊ; र याहवेहको प्रतीक्षा गर।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 27:14
2
भजनसंग्रह 27:4
याहवेहसँग म एउटै कुरा माग्दछु, म त्यसैको मात्र खोजी गर्दछु: कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ, उहाँको सुन्दरता हेर्न पाऊँ, र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 27:4
3
भजनसंग्रह 27:1
याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ; मैले कसको भय मान्नु? याहवेह नै मेरो जीवनको किल्ला हुनुहुन्छ; म कोसँग भयभीत हुनु?
अन्वेषण गर्नुहोस् भजनसंग्रह 27:1
4
भजनसंग्रह 27:13
म यसमा अझ विश्वस्त छु: म जीवितहरूको देशमा याहवेहको भलाइ देख्नेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 27:13
5
भजनसंग्रह 27:5
किनकि सङ्कष्टका दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ; उहाँले आफ्नो पवित्र वासस्थानको छहारीमा मलाई लुकाउनुहुनेछ; र एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 27:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू