1
हितोपदेश 22:6
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
बालकलाई ठिक बाटोमा हिँड्ने तालिम देऊ; र त्यो वृद्ध भएपछि पनि त्यसबाट तर्केर जानेछैन।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 22:6
2
हितोपदेश 22:4
धन, सम्मान र दीर्घायु; नम्रता र याहवेहप्रतिको श्रद्धाका प्रतिफल हुन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 22:4
3
हितोपदेश 22:1
धेरै धनसम्पत्तिभन्दा असल नामको इच्छा गर्नु उत्तम हो; सम्मान प्राप्त गर्नु चाँदी र सुनभन्दा असल हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 22:1
4
हितोपदेश 22:24
रिसाहा मानिसलाई मित्र नबनाऊ; झट्टै रिसाउनेहरूसित सङ्गत नगर
अन्वेषण गर्नुहोस् हितोपदेश 22:24
5
हितोपदेश 22:9
दयालु मानिस आफू पनि आशिषित हुनेछ; किनकि त्यसले आफ्नो भोजन गरिबहरूसित बाँड्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 22:9
6
हितोपदेश 22:3
विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ; तर सोझाचाहिँ त्यतैतिर जान्छ, र परिणाम भोग्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 22:3
7
हितोपदेश 22:7
धनीले गरिबमाथि शासन जमाउँछ; र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 22:7
8
हितोपदेश 22:2
धनी र गरिबमा एउटा कुरा समान छ: याहवेहले नै तिनीहरू सबैलाई बनाउनुभएको हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 22:2
9
हितोपदेश 22:22-23
असहाय छन् भन्दैमा तिनीहरूलाई शोषण नगर, न त खाँचोमा परेकाहरूलाई न्यायालयमा पेल; किनकि तिनीहरूको मुद्दा याहवेहले नै लिनुहुनेछ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले पनि लुट्नुहुनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 22:22-23
होम
बाइबल
योजनाहरू
भिडियोहरू