इस्राएलका राजा, दावीदका पुत्र, सोलोमनका हितोपदेशहरू:
बुद्धि र अनुशासन प्राप्त गर्नका निम्ति,
अन्तर्दृष्टिका वचनको समझ प्राप्त गर्नका निम्ति,
विवेकी आचरणको अनुशासन प्राप्त गर्नको निम्ति
जे धार्मिक, न्यायी र निष्पक्ष छ, त्यो गर्नको निम्ति,
सोझाहरूलाई समझदार,
जवानहरूलाई ज्ञान र स्वविवेक दिनका निम्ति