1
गन्ती 21:8
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
याहवेहले मोशालाई भन्नुभयो, “एउटा सर्प बनाएर त्यसलाई एउटा खाँबोमा राखिदिनू; तब सर्पले डसेका जो कोहीले काँसोको सर्पलाई हेर्छ, त्यो जीवित रहनेछ।”
तुलना
अन्वेषण गर्नुहोस् गन्ती 21:8
2
गन्ती 21:9
यसकारण मोशाले एउटा काँसोको सर्प बनाएर त्यसलाई एउटा खाँबोमा राखिदिए। त्यसपछि जब कसैलाई सर्पले डस्थ्यो, तब त्यसले काँसोको सर्पलाई हेर्थ्यो, र त्यो बाँच्थ्यो।
अन्वेषण गर्नुहोस् गन्ती 21:9
3
गन्ती 21:5
तिनीहरूले परमेश्वरको र मोशाको विरुद्धमा यसो भनेर गनगनाउन लागे, “तपाईंले हामीलाई इजिप्टबाट उजाडस्थानमा मर्नलाई किन ल्याउनुभयो? यहाँ खानेकुरा केही छैन; र पानी पनि छैन! अनि यस तुच्छ भोजनले हामी वाक्क भइसक्यौँ!”
अन्वेषण गर्नुहोस् गन्ती 21:5
4
गन्ती 21:6
तब याहवेहले तिनीहरूको बीचमा विषालु सर्पहरू पठाइदिनुभयो। सर्पहरूले मानिसहरूलाई डसे; र धेरै इस्राएलीहरू मरे।
अन्वेषण गर्नुहोस् गन्ती 21:6
5
गन्ती 21:7
ती मानिसहरू मोशाकहाँ आएर बिन्ती गरे, “हामीले याहवेह र तपाईंको विरुद्धमा बोलेर पाप गरेका छौँ। याहवेहले यी सर्पहरू हामीबाट हटाइदेऊन् भनी प्रार्थना गरिदिनुहोस्।” यसकारण मोशाले मानिसहरूका निम्ति प्रार्थना गरिदिए।
अन्वेषण गर्नुहोस् गन्ती 21:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू