तब मैले तिनीहरूलाई भनेँ, “हामी जुन कष्टमा छौँ, त्यो तिमीहरूले देखेका छौ: यरूशलेम भत्किएको अवस्थामा छ, र यसका मूलढोकाहरू आगोले जलाइएका छन्। आओ, हामी यरूशलेमको पर्खाल पुनर्निर्माण गरौँ। तब हामी फेरि अपमानित भएर रहन पर्नेछैन।” ममाथि मेरा परमेश्वरका अनुग्रही हात रहेको र राजाले मलाई भन्नुभएका सबै कुरा मैले तिनीहरूलाई भनिदिएँ।
तिनीहरूले जवाफ दिए, “हामी पुनर्निर्माणको काम सुरु गरौँ।” यसरी तिनीहरूले यो असल काम सुरु गरे।