1
मर्कूस 1:35
नेपाली समकालीन संस्करण
एकाबिहानै, उज्यालो हुनुभन्दा पहिले नै येशू उठेर घरबाट निस्कनुभयो अनि एउटा एकान्त ठाउँमा जानुभयो, र त्यहाँ उहाँले प्रार्थना गर्नुभयो।
तुलना
अन्वेषण गर्नुहोस् मर्कूस 1:35
2
मर्कूस 1:15
उहाँले भन्नुभयो, “समय पूरा भइसकेको छ, परमेश्वरको राज्य नजिकै आइपुगेको छ। पश्चात्ताप गर अनि सुसमाचारमा विश्वास गर!”
अन्वेषण गर्नुहोस् मर्कूस 1:15
3
मर्कूस 1:10-11
जब येशू पानीबाट बाहिर निस्केर आउँदैहुनुहुन्थ्यो, उहाँले स्वर्ग उघ्रिएको अनि पवित्र आत्मालाई ढुकुरझैं उहाँमाथि ओर्लंदै गर्नुभएको देख्नुभयो। अनि स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, जसलाई म प्रेम गर्छु; तिमीसित म अति प्रसन्न छु।”
अन्वेषण गर्नुहोस् मर्कूस 1:10-11
4
मर्कूस 1:8
म तिमीहरूलाई पानीले मात्र बप्तिस्मा दिन्छु, तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।”
अन्वेषण गर्नुहोस् मर्कूस 1:8
5
मर्कूस 1:17-18
येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मलाई पछ्याओ, अनि म तिमीहरूलाई मानिसहरूका मछुवा बनाउनेछु।” तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडेर उहाँको पछि लागे।
अन्वेषण गर्नुहोस् मर्कूस 1:17-18
6
मर्कूस 1:22
मानिसहरू उहाँको शिक्षामा छक्क परे; किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैं होइन, तर अधिकार भएको व्यक्तिले झैं सिकाउनुहुन्थ्यो।
अन्वेषण गर्नुहोस् मर्कूस 1:22
होम
बाइबल
योजनाहरू
भिडियोहरू