1
लूका 6:38
नेपाली समकालीन संस्करण
देऊ, अनि तिमीलाई पनि दिइनेछ। प्रशस्त मात्रामा, खाँदी-खाँदी, हल्लाई-हल्लाई, र भरिएर पोखिने गरी तिम्रा पोल्टामा खन्याइनेछ। किनकि जुन नापले तिमीहरू दिँदछौ, त्यही नापमा तिमीहरूलाई पनि दिइनेछ।”
तुलना
अन्वेषण गर्नुहोस् लूका 6:38
2
लूका 6:45
असल मानिसले आफ्नो हृदयमा थुपारेको असल भण्डारबाट असल कुराहरू बाहिर निकाल्छ र दुष्ट मानिसले आफ्नो हृदयमा थुपारेको दुष्ट भण्डारबाट दुष्ट कुराहरू नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, आफ्नो मुखबाट त्यही नै बोल्दछ।
अन्वेषण गर्नुहोस् लूका 6:45
3
लूका 6:35
तर आफ्ना शत्रुहरूलाई प्रेम गर, तिनीहरूलाई भलाइ गर, र केही पनि फिर्ता नलिने आशा गरी तिनीहरूलाई ऋण देओ; तब तिमीहरूको इनाम ठूलो हुनेछ, र तिमीहरू सर्वोच्चका सन्तान ठहरिनेछौ; किनकि परमेश्वर बैगुनी र दुष्टहरूप्रति पनि दयालु हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् लूका 6:35
4
लूका 6:36
तिमीहरू पनि कृपालु होओ, जसरी तिमीहरूका स्वर्गीय पिता कृपालु हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् लूका 6:36
5
लूका 6:37
“न्याय नगर, र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमी पनि दोषी ठहराइने छैनौ। क्षमा गर, तब तिमीलाई पनि क्षमा गरिनेछ।
अन्वेषण गर्नुहोस् लूका 6:37
6
लूका 6:27-28
“तर मेरा कुरा सुन्नेहरूलाई म भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीलाई घृणा गर्नेहरूलाई भलाइ गर। तिमीलाई सराप्नेहरूलाई आशीर्वाद देओ, र नराम्रो व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर।
अन्वेषण गर्नुहोस् लूका 6:27-28
7
लूका 6:31
अरूहरूप्रति त्यही व्यवहार गर, जस्तो तिमीहरू तिनीहरूबाट चाहन्छौ।
अन्वेषण गर्नुहोस् लूका 6:31
8
लूका 6:29-30
यदि कसैले तिमीलाई एउटा गालामा हिर्कायो भने, अर्को गाला पनि थापिदेओ। यदि कसैले तिम्रो खास्टो खोस्छ भने, तिम्रो दौरा पनि लैजान देओ। तिमीहरूसँग माग्ने सबैलाई देओ; र तिम्रो कुनै चीज कसैले लैजान्छ भने, ऊसँग त्यो फेरि फिर्ता नमाग।
अन्वेषण गर्नुहोस् लूका 6:29-30
9
लूका 6:43
“कुनै असल रूखले खराब फल फलाउँदैन, न ता खराब रूखले असल फल फलाउँछ।
अन्वेषण गर्नुहोस् लूका 6:43
10
लूका 6:44
हरेक त्यसको आफ्नो फलबाटै रूख चिनिन्छ। मानिसहरूले काँडाका झाँगबाट अञ्जीर टिप्दैनन्, न ता ऐँसेलुको झाँगबाट अङ्गुर बटुल्छन्।
अन्वेषण गर्नुहोस् लूका 6:44
होम
बाइबल
योजनाहरू
भिडियोहरू