जसरी यशैया अगमवक्ताका वचनको पुस्तकमा लेखिएको छ:
“उजाडस्थानमा एक जना कराउनेको आवाज,
‘प्रभुका निम्ति बाटो तयार पार,
उहाँका निम्ति मार्ग सीधा बनाओ।
प्रत्येक उपत्यका पुरिनेछ,
प्रत्येक पर्वत र डाँडा होचो बनाइनेछ;
बाङ्गा-टिङ्गा बाटाहरू सीधा पारिनेछन्।
अप्ठेरा बाटाहरू समतल हुनेछन्।
अनि सबै मानव जातिले परमेश्वरको मुक्ति देख्नेछन्।’ ”