1
यहोशू 6:2
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तब याहवेहले यहोशूलाई भन्नुभयो, “हेर्, मैले यरीहो, यसकासाथै त्यसका राजा र त्यसका योद्धाहरूसमेत तेरो हातमा सुम्पिदिएको छु।
तुलना
अन्वेषण गर्नुहोस् यहोशू 6:2
2
यहोशू 6:5
जब तिमीहरूले लामो समयसम्म तुरही फुकेको आवाज सुन्छौ, तब सबै योद्धाहरू चर्को सोरले कराऊन्; र सहरको पर्खाल ढल्नेछ। अनि सेनाहरू र हरेक मानिसहरू सीधै सहरभित्र बढेर जाऊन्।”
अन्वेषण गर्नुहोस् यहोशू 6:5
3
यहोशू 6:3
सबै हतियारधारी मानिसहरूसँग त्यस सहरलाई दिनमा एक चोटि फन्को मार्नू। छ दिनसम्म तिमीहरूले यसै गर्नू।
अन्वेषण गर्नुहोस् यहोशू 6:3
4
यहोशू 6:4
सन्दुकको सामु भेडाका सिङको तुरही लिएका सात जना पुजारीहरू अगि-अगि हिँडून्। सातौँ दिनमा चाहिँ पुजारीहरूले तुरही फुक्दै सहरको चारैतिर सात चोटि फन्को मारून्।
अन्वेषण गर्नुहोस् यहोशू 6:4
5
यहोशू 6:1
इस्राएलीहरूको कारण यरीहोका मूलढोकाहरू पूर्णतया बन्द गरिएको थियो। कोही पनि भित्र पस्न वा बाहिर निस्की आउन सक्दैनथ्यो।
अन्वेषण गर्नुहोस् यहोशू 6:1
6
यहोशू 6:16
सातौँ पटकमा जब पुजारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई यसरी आज्ञा दिए, “कराओ, किनभने याहवेहले यो सहर तिमीहरूलाई दिनुभएको छ।
अन्वेषण गर्नुहोस् यहोशू 6:16
7
यहोशू 6:17
यो सहर र यसमा भएका सबै कुराहरू याहवेहलाई अर्पण गर्नुपर्छ। केवल राहाब वेश्या र उनका घरमा भएका सबै जना मात्र जीवित छोडिनेछन्। किनकि हामीले पठाएका जासुसहरूलाई तिनले लुकाएकी थिइन्।
अन्वेषण गर्नुहोस् यहोशू 6:17
होम
बाइबल
योजनाहरू
भिडियोहरू