1
यहोशू 10:13
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
यसकारण इस्राएलले आफ्ना शत्रुहरूमाथि बदला नलिएसम्म सूर्य अडिरह्यो। अनि चन्द्रमा थामियो। यो कुरा याशारको पुस्तकमा लेखिएको छ। आकाशको बीचमा सूर्य अडिरह्यो। अनि सूर्य अस्ताउनलाई लगभग एक दिन नै ढिलो गर्यो।
तुलना
अन्वेषण गर्नुहोस् यहोशू 10:13
2
यहोशू 10:12
याहवेहले एमोरीहरूलाई इस्राएलको हातमा दिनुभएको त्यस दिन यहोशूले इस्राएलको उपस्थितिमा याहवेहलाई भने: “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्द्रमा, तँ अय्यालोनको बेँसीमाथि अडेर बस्।”
अन्वेषण गर्नुहोस् यहोशू 10:12
3
यहोशू 10:14
याहवेहले यसरी मानिसको प्रार्थना सुन्नुभएको घटना न त पहिले, न त पछि कहिल्यै कुनै दिन नै भयो। निश्चय नै याहवेह इस्राएलको पक्षमा लडिरहनुभएको थियो!
अन्वेषण गर्नुहोस् यहोशू 10:14
4
यहोशू 10:8
अनि याहवेहले यहोशूलाई भन्नुभयो, “तिनीहरूसँग नडरा। मैले तिनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु। तिनीहरूमध्ये कोही पनि तेरो सामु टिक्न सक्नेछैन।”
अन्वेषण गर्नुहोस् यहोशू 10:8
5
यहोशू 10:25
यहोशूले तिनीहरूलाई भने, “नडराओ, र निरुत्साहित नहोओ। बलियो र साहसी होओ। तिमीहरूले लडाइँ गर्न जाने सबै शत्रुहरूलाई याहवेहले यसै गर्नुहुनेछ।”
अन्वेषण गर्नुहोस् यहोशू 10:25
होम
बाइबल
योजनाहरू
भिडियोहरू