सपनामा, रातको दर्शनमा,
जब मानिसहरू गहिरो निन्द्रामा सुतेका हुन्छन्,
अनि आफ्ना ओछ्यानमा मस्त निद्रामा परेका हुन्छन्;
तब उहाँ तिनीहरूका कानमा बोल्नुहुन्छ,
र चेताउनीहरूले तिनीहरूलाई त्रसित पार्नुहुन्छ,
मानिसहरूलाई गलत काम गर्नदेखि फर्काउन
र तिनीहरूलाई घमण्डदेखि टाढा राख्न,
तिनीहरूलाई खाडलबाट जोगाउन,
तिनीहरूको जीवनलाई तरवारबाट नाश हुनबाट जोगाउनुहुन्छ।