तब, इयोब उठे, र आफ्नो लबेदा च्याते, र आफ्नो केश खौरे। त्यसपछि तिनी भुइँमा दण्डवत् गर्न घोप्टो परे, अनि तिनले भने:
“म मेरी आमाको गर्भबाट नाङ्गै आएँ,
र नाङ्गै फर्केर जानेछु।
याहवेहले नै मलाई सबै थोक दिनुभयो, र याहवेहले नै सबै थोक लैजानुभयो;
याहवेहको नामको प्रशंसा होस्।”
यी सबै कुरामा इयोबले पाप गरेनन्, न त परमेश्वरलाई गलत कार्यको दोष नै लगाए।