याहवेह यसो भन्नुहुन्छ:
“बुद्धिमान् मानिसले आफ्नो बुद्धिको घमण्ड नगरोस्,
बलवान् मानिसले आफ्नो बलको घमण्ड नगरोस्,
र धनी मानिसले आफ्नो धनको घमण्ड नगरोस्;
तर जसले घमण्ड गर्छ, त्यसले यस विषयमा चाहिँ घमण्ड गरोस्:
कि त्यससँग मलाई चिन्ने समझशक्ति छ;
म याहवेह हुँ, जसले पृथ्वीमा दया,
न्याय र धार्मिकताको व्यवहार गर्दछु;
किनकि यिनै कुराहरूमा म प्रसन्न हुन्छु,”
याहवेह घोषणा गर्नुहुन्छ।