1
यर्मिया 44:16-17
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
“तिमीले याहवेहको नाममा हामीसँग बोलेको सन्देश हामी सुन्नेछैनौँ! हामीले गर्छौँ भनेका सबै कुरा हामी अवश्य गर्नेछौँ: हामी र हाम्रा पितापुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अधिकारीहरूले यहूदाका सहरहरूमा र यरूशलेमका सडकहरूमा पहिले गरेझैँ, हामी स्वर्गकी रानीलाई धूप बाँल्नेछौँ र तिनलाई अर्घबलि चढाउनेछौँ। त्यस बेला हामीसँग प्रशस्त भोजन थियो र हामी सम्पन्न थियौँ; अनि हामीमाथि कुनै विपत्ति आएको थिएन।
तुलना
अन्वेषण गर्नुहोस् यर्मिया 44:16-17
2
यर्मिया 44:18
तर हामीले स्वर्गकी रानीलाई धूप बाल्न र तिनलाई अर्घबलि चढाउन छोडेदेखि उसो, हामीलाई चाहिने कुरा हामीसँग केही पनि रहेन; अनि हामी तरवार र अनिकालले नष्ट भइरहेका छौँ।”
अन्वेषण गर्नुहोस् यर्मिया 44:18
3
यर्मिया 44:23
तिमीहरूले धूप बालेर याहवेहको विरुद्धमा पाप गरेका छौ, उहाँका आज्ञापालन गरेका छैनौ, र उहाँको व्यवस्थाका आदेशहरू अथवा उहाँका सल्लाहहरू अथवा नियमहरू पालन गरेका छैनौँ। यसकारण यो ठूलो विपत्ति तिमीहरूमाथि आएको छ, जुन विपत्ति आज तिमीहरू देख्दैछौ।”
अन्वेषण गर्नुहोस् यर्मिया 44:23
होम
बाइबल
योजनाहरू
भिडियोहरू