“हे इस्राएल, यदि तिमीहरू फर्किआउन चाहन्छौ भने,
मकहाँ फर्किआओ,” याहवेह घोषणा गर्नुहुन्छ।
“यदि तिमीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू मेरो दृष्टिबाट टाढा राख्यौ
र फेरि बरालिएनौ भने,
अनि तिमीहरूले सत्य, न्याय र धार्मिकतामा
‘जीवित याहवेहलाई साक्षी’ राखेर शपथ खायौ भने,
तब उहाँद्वारा जातिहरू आशिषित हुनेछन्;
अनि तिनीहरूले उहाँमा नै गर्व गर्नेछन्।”