जब-जब म बोल्छु,
तब-तब हिंसा र विनाश हुनेछ भनी घोषणा गर्दै चिच्याउँछु।
यसकारण दिनभरि नै याहवेहको वचनले
मेरा निम्ति अपमान ल्याएको छ।
तर यदि मैले, “म उहाँको वचन भन्दिनँ
अथवा उहाँको नाममा अबदेखि बोल्दिनँ” भनी भन्छु भने,
उहाँको वचन मेरो हृदयमा आगोजस्तै,
अथवा मेरा हड्डीहरूभित्र बन्द गरेको आगोजस्तै हुन्छ।
मैले वचनलाई भित्र रोकिराखेको कारण थकित भएको छु;
वास्तवमा म यो थाम्नै सक्दिनँ।