यसकारण याहवेह यसो भन्नुहुन्छ:
“यदि तैँले पश्चात्ताप गरिस् भने म तँलाई पुनर्स्थापित गर्नेछु,
र तँ मेरो सेवक बन्नेछस्;
यदि तैँले व्यर्थको कुरा नगरेर मूल्यवान् कुराहरू मात्र बोलिस् भने,
तँ मेरो अगमवक्ता हुनेछस्।
यी मानिसहरू तँतिर फर्कून्,
तर तँचाहिँ तिनीहरूतिर नफर्कनू।