“यदि तिमीहरूले आफ्ना खुट्टाहरूलाई शब्बाथ उल्लङ्घन गर्नबाट,
र मेरो पवित्र दिनमा आफूखुशी गर्नबाट रोक्यौ भने,
तिमीहरूले शबाथलाई प्रसन्नता,
र याहवेहको पवित्र दिनलाई आदरणीय ठान्यौ,
र तिमीहरूले आफ्ना इच्छाअनुसार नचली, आफ्नो इच्छाअनुसार नगरी,
अथवा व्यर्थको कुरा नबोलेर त्यस दिनलाई चाहिँ आदर गर्यौ भने,
तब तिमीहरूले आफ्नो आनन्द याहवेहमा पाउनेछौ,
र म तिमीहरूलाई देशका उचाइहरूमा सवार हुन लाउनेछु;
तिमीहरूका पुर्खा याकोबको पैतृक सम्पत्ति उपभोग गर्न दिनेछु।”
म याहवेहको मुखले बोलेको हुँ।