1
यशैया 53:5
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तर ऊ त हाम्रै अधर्महरूका निम्ति छेडियो। ऊ हाम्रा अपराधहरूका निम्ति कुल्चियो; हामीमा शान्ति ल्याउने ताडना उसमाथि पर्यो; अनि उसका चोटहरूले हामी निको भयौँ।
तुलना
अन्वेषण गर्नुहोस् यशैया 53:5
2
यशैया 53:6
हामी सबै भेडाहरूझैँ बरालिएका छौँ; हामी प्रत्येक आ-आफ्नै बाटो लागेका छौँ। याहवेहले उसैमाथि हामी सबैका अपराधहरू राखिदिनुभएको छ।
अन्वेषण गर्नुहोस् यशैया 53:6
3
यशैया 53:4
निश्चय नै उसले हाम्रा दुःखहरू आफूमाथि लियो; अनि हाम्रा कष्टहरूलाई बोक्यो, तर हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँद्वारा पिटिएको र यातना दिइएको ठान्यौँ।
अन्वेषण गर्नुहोस् यशैया 53:4
4
यशैया 53:3
मानिसहरूबाट ऊ घृणित र तिरस्कृत गरियो, दुःखित मानिस, जो कष्टसित परिचित थियो। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरूले आफ्ना अनुहार लुकाउँछन्; ऊ घृणित थियो, र हामीले उसलाई कुनै मूल्यको ठानेनौँ।
अन्वेषण गर्नुहोस् यशैया 53:3
5
यशैया 53:7
उसलाई सताइयो र उसलाई कष्ट दिइयो, तर पनि उसले आफ्नो मुख खोलेन; उसलाई मारिन लगिएको थुमाझैँ लगियो; ऊन कत्रनेहरूको सामु भेडा शान्त रहेझैँ, उसले आफ्नो मुख खोलेन।
अन्वेषण गर्नुहोस् यशैया 53:7
6
यशैया 53:10
तरै पनि याहवेहलाई उसलाई कुल्चिन र कष्ट दिन इच्छा लाग्यो; याहवेहले उसको जीवनलाई दोषबलि बनाउनुभए तापनि उसले आफ्नो सन्तान देख्नेछ, र उसका दिनहरू बढाइनेछन्; अनि उसको हातमा याहवेहको इच्छा पूरा हुनेछ।
अन्वेषण गर्नुहोस् यशैया 53:10
7
यशैया 53:2
ऊ उहाँको सामु कलिलो टुसाजस्तो, र सुक्खा जमिनबाट निस्केको जराजस्तो हुर्कियो। ऊसँग हामीलाई आकर्षित गर्न कुनै सुन्दरता वा शोभा थिएन; उसको अनुहारमा हामीलाई मनपर्ने केही कुरा थिएन।
अन्वेषण गर्नुहोस् यशैया 53:2
8
यशैया 53:12
यसकारण म उसलाई महान्हरूसित एउटा भाग दिनेछु; अनि उसले लुटको माल सामर्थीहरूसित बाँड्नेछ; किनकि उसले आफ्नो जीवन मृत्युमा खन्याइदिएको छ; ऊ अधर्मीहरूसित गनियो। किनकि उसले चाहिँ धेरैको पाप बोक्यो, र अपराधीहरूका निम्ति बिन्ती गर्यो।
अन्वेषण गर्नुहोस् यशैया 53:12
9
यशैया 53:11
उसको प्राणको कष्टपछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्ट हुनेछ। आफ्नो ज्ञानद्वारा मेरो धर्मी सेवकले धेरैलाई धर्मी ठहराउनेछ; अनि उसले तिनीहरूका अधर्म बोक्नेछ।
अन्वेषण गर्नुहोस् यशैया 53:11
10
यशैया 53:8
अत्याचार र न्यायद्वारा भएर ऊ लगियो। अनि उसका सन्तानहरूको विषयमा कसले बोल्न सक्छ? किनकि ऊ त जीवितहरूको देशबाट अलग गरियो; र मेरा मानिसहरूका अपराधको कारण ऊ पिटियो।
अन्वेषण गर्नुहोस् यशैया 53:8
11
यशैया 53:9
उसको चिहान दुष्टहरूसित बनाइयो, तर मृत्युमा उसले धनी व्यक्तिको चिहान पायो; किनकि उसले कुनै अत्याचार गरेको थिएन, न त उसको मुखमा कुनै छल नै थियो।
अन्वेषण गर्नुहोस् यशैया 53:9
होम
बाइबल
योजनाहरू
भिडियोहरू