म नै याहवेह हुँ, र मबाहेक अरू कुनै परमेश्वर छैन;
मबाहेक अरू कोही परमेश्वर छैन।
तैँले मलाई स्वीकार नगरेको भए तापनि
म तँलाई बलियो पार्नेछु,
ताकि सूर्योदयदेखि सूर्यास्तसम्म
मानिसहरूले जानून् कि
मबाहेक अरू कोही छैन।
म नै याहवेह हुँ, र मबाहेक अरू कोही छैन।