तब याहवेहले भन्नुभयो, “मेरो सेवक यशैया इजिप्ट र कूश देशको निम्ति एउटा चिन्ह र पाठ स्वरूप तीन वर्षसम्म नाङ्गो र खाली खुट्टा हिँड्यो; त्यसरी नै अश्शूरका राजाले इजिप्टका कैदीहरू र कूशी निर्वासितहरू, जवान र वृद्धहरूलाई नाङ्गो र खाली खुट्टा, जाँघसमेत देखिने गरी इजिप्टलाई शर्ममा पार्न बन्दी बनाएर लैजानेछ।