यसकारण अब सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूले आ-आफ्ना चालहरूलाई होसियारीसाथ विचार गर। तिमीहरूले धेरै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान्छौ, तर कहिल्यै अघाउँदैनौ। तिमीहरू पिउँदछौ, तर तिमीहरूको तिर्खा कहिल्यै मेटिँदैन। तिमीहरू लुगा त लगाउँछौ, तर तिमीहरूलाई न्यानो हुँदैन। तिमीहरू कमाइ त गर्छौ, तर त्यसलाई प्वाल परेको थैलीमा राख्दछौ।”