त्यसपछि याहवेहले जवाफ दिनुभयो:
“यो दर्शन लेख्,
र स्पष्टसँग पाटीमा लेख्,
ताकि समाचारवाहक यसलाई लिएर दगुरोस्।
किनकि यो दर्शन तोकिएको समयको प्रतीक्षामा छ;
यसले अन्त्यको समयको बारेमा बताउँछ,
र यो दर्शन झूटो ठहरिनेछैन।
त्यो पूरा हुन केही ढिलो भए तापनि यसका निम्ति पर्खेर बस्;
त्यो निश्चय नै पूरा हुनेछ,
र ढिलो हुनेछैन।