1
गलाती 6:9
नेपाली समकालीन संस्करण
हामी भलाइ गर्न नथाकौं; किनकि यदि हिम्मत हारेनौं भने हामीले ठीक समयमा फसल कटनी गर्नेछौं।
तुलना
अन्वेषण गर्नुहोस् गलाती 6:9
2
गलाती 6:10
यसकारण अवसर पाएअनुसार सबै मानिसहरूको भलाइ गर्दै जाऔं, विशेष गरी विश्वासीहरूको परिवारलाई भलाइ गरौं।
अन्वेषण गर्नुहोस् गलाती 6:10
3
गलाती 6:2
एक-अर्काको बोझ उठाओ, र यसरी नै ख्रीष्टको व्यवस्था पूरा गर।
अन्वेषण गर्नुहोस् गलाती 6:2
4
गलाती 6:7
धोखामा नपर: परमेश्वरसँग ठट्टा हुँदैन। किनकि मानिसले जे रोप्दछ, त्यसैको कटनी पनि गर्नेछ।
अन्वेषण गर्नुहोस् गलाती 6:7
5
गलाती 6:8
जसले आफ्नो शरीरको पाप-स्वभावलाई खुशी पार्न रोप्दछ, त्यसले पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ, तर जसले परमेश्वरको आत्माको लागि रोप्दछ, त्यसले परमेश्वरको आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ।
अन्वेषण गर्नुहोस् गलाती 6:8
6
गलाती 6:1
हे दाजुभाइ-दिदीबहिनीहरूहो, यदि कुनै मानिस पापमा पक्राउ पर्यो भने, तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै उसलाई नम्रतासाथ सुधार गर, तर तिमी आफै पनि होसियारी बस; नत्र ता तिमी पनि परीक्षामा परौला।
अन्वेषण गर्नुहोस् गलाती 6:1
7
गलाती 6:3-5
यदि जसकसैले आफू केही नभए तापनि केही हौं भनी सोच्दछ भने तिनीहरूले आफूलाई धोका दिन्छन्। तिनीहरू सबैले आफ्नो कामको जाँच गर्नुपर्छ। तब तिनीहरूले आफूलाई अरू कसैसँग तुलना नगरीकन आफैमा गर्व गर्न सक्छन्। किनकि हरेक आफ्नो कार्यको आफै जिम्मेवार हुन्छ।
अन्वेषण गर्नुहोस् गलाती 6:3-5
होम
बाइबल
योजनाहरू
भिडियोहरू