1
इजकिएल 33:11
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तिनीहरूलाई भन्, ‘म जीवित भएझैँ, प्रभु याहवेह यसो भन्नुहुन्छ: म दुष्टहरूको मृत्युमा खुशी हुँदिनँ, तर तिनीहरू आफ्ना चालहरूबाट फर्केर बाँचून् भन्ने चाहन्छु। फर्क! आफ्ना दुष्ट चालहरूबाट फर्क! हे इस्राएलका मानिसहरू हो, तिमीहरू किन मर्छौ?’
तुलना
अन्वेषण गर्नुहोस् इजकिएल 33:11
2
इजकिएल 33:7
“हे मानिसको छोरा, मैले तँलाई इस्राएलको घरानाको निम्ति पहरेदार तुल्याएको छु; यसकारण मैले भनेको वचन सुन् र तिनीहरूलाई मबाट चेतावनी दे।
अन्वेषण गर्नुहोस् इजकिएल 33:7
3
इजकिएल 33:9
तर यदि तैँले त्यस दुष्ट मानिसलाई आफ्ना कुमार्गबाट फर्काउनलाई चेतावनी त दिइस् र त्यसले त्यसो गरेन भने त्योचाहिँ आफ्नै पापको निम्ति मर्नेछ, तर तैँले आफूलाई बचाउनेछस्।
अन्वेषण गर्नुहोस् इजकिएल 33:9
4
इजकिएल 33:6
तर यदि पहरेदारले तरवार आएको देखेर तुरही फुक्दैन, र मानिसहरूले चेतावनी पाउँदैनन्; अनि त्यो तरवार आएर तिनीहरूमध्ये एक जनाको प्राण लियो भने त्यो मानिसचाहिँ आफ्नो अधर्मको कारण लगिनेछ; तर म त्यसको रगतको दोषको जिम्मेवार त्यस पहरेदारलाई ठहराउनेछु।’
अन्वेषण गर्नुहोस् इजकिएल 33:6
5
इजकिएल 33:5
त्यसले तुरहीको आवाज सुन्यो, तर चेतावनीलाई ध्यानै नदिएको कारण त्यसको रगतको दोष त्यसको आफ्नै शिरमाथि पर्नेछ। यदि त्यसले चेतावनीलाई ध्यान दिएको भए, त्यसले आफूलाई बचाउने थियो।
अन्वेषण गर्नुहोस् इजकिएल 33:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू