1
प्रस्थान 4:11-12
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
याहवेहले तिनलाई भन्नुभयो, “मानिसलाई बोल्ने मुख कसले दियो? त्यसलाई लाटो वा बहिरो, देख्ने वा नेदेख्ने भनी कसले निर्णय गर्छ? के त्यो म याहवेहले नै होइनँ र? अब जा; म तँलाई बोल्न सहायता गर्नेछु, र तैँले भन्नुपर्ने कुरा सिकाउनेछु।”
तुलना
अन्वेषण गर्नुहोस् प्रस्थान 4:11-12
2
प्रस्थान 4:10
मोशाले याहवेहलाई भने, “माफ गर्नुहोला, हे प्रभु। म बोल्नमा सिपालु छैनँ, न त पहिले म सिपालु थिएँ; न अहिले तपाईं बोल्नुभएपछि म सिपालु भएको छु; किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु।”
अन्वेषण गर्नुहोस् प्रस्थान 4:10
3
प्रस्थान 4:14
तब मोशाप्रति याहवेहको क्रोध दन्कियो, र उहाँले भन्नुभयो, “लेवी कुलको हारून तेरो दाजु होइन र? ऊ राम्ररी बोल्न सक्छ भनी म जान्दछु। त्यो तँसित भेट गर्न आइरहेको छ; र तँलाई देखेर उसको हृदय प्रसन्न हुनेछ।
अन्वेषण गर्नुहोस् प्रस्थान 4:14
होम
बाइबल
योजनाहरू
भिडियोहरू