उहाँ मोशाको सामु यसो भनेर घोषणा गर्दै जानुभयो, “याहवेह, याहवेह, दयालु र अनुग्रही परमेश्वर, रिस गर्नमा ढिलो, प्रेम र विश्वासयोग्यताले भरिपूर्ण हुनुहुन्छ। उहाँले हजारौँसित प्रेम कायम राख्नुहुन्छ; अनि दुष्टता, विद्रोह र पापलाई क्षमा गर्नुहुन्छ। तरै पनि उहाँले दोषीलाई दण्ड नदिई छाड्नुहुन्न। पितापुर्खाका दुष्टताको दण्ड तिनीहरूका सन्तान, नातिनातिना र तेस्रो अनि चौथो पुस्तासम्म दिनुहुन्छ।”