1
प्रस्थान 32:1
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
जब मानिसहरूले मोशा पर्वतबाट आउन ढिलो गरेका देखे, तब तिनीहरू हारूनका वरिपरि भेला भएर भने, “उठ्नुहोस्, हाम्रा अगि-अगि जानलाई हाम्रा निम्ति देवी-देवताहरू बनाउनुहोस्। हामीलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने यी मोशालाई के भयो, हामी जान्दैनौँ।”
तुलना
अन्वेषण गर्नुहोस् प्रस्थान 32:1
2
प्रस्थान 32:7-8
तब याहवेहले मोशालाई भन्नुभयो, “तल ओर्ली; किनकि तैँले इजिप्टबाट निकालेर ल्याएका तेरा मानिसहरू भ्रष्ट भएका छन्। मैले तिनीहरूलाई दिएका आज्ञाहरूबाट तिनीहरू चाँडै अर्कोतिर लागेका छन्; र तिनीहरूले आफ्ना लागि ढालिएको एउटा बाछाको रूपमा मूर्ति बनाएका छन्। तिनीहरूले त्यसलाई ढोगेर बलिहरू चढाएर भनेका छन्, ‘हे इस्राएल, तँलाई इजिप्टबाट निकालेर ल्याउने तेरा देवता यिनै हुन्।’
अन्वेषण गर्नुहोस् प्रस्थान 32:7-8
3
प्रस्थान 32:5-6
जब हारूनले यो देखे, तिनले त्यस बाछाको सामु एउटा वेदी बनाएर घोषणा गरे, “भोलि याहवेहका निम्ति एउटा चाड हुनेछ।” यसकारण भोलिपल्ट मानिसहरूले बिहानै उठेर होमबलि चढाए र मेलबलि पनि ल्याए। त्यसपछि तिनीहरू खानपिन गर्न बसे, र मोज गर्न उठे।
अन्वेषण गर्नुहोस् प्रस्थान 32:5-6
4
प्रस्थान 32:30
भोलिपल्ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले ठूलो पाप गरेका छौ। तर अब म याहवेहकहाँ माथि जानेछु; सायद म तिमीहरूका पापको प्रायश्चित गर्न सक्छु कि।”
अन्वेषण गर्नुहोस् प्रस्थान 32:30
होम
बाइबल
योजनाहरू
भिडियोहरू