1
प्रस्थान 13:21-22
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तिनीहरू दिन र रात यात्रा गर्न सकून् भनेर दिउँसो याहवेह तिनीहरूलाई बाटोमा डोर्याउनलाई बादलको खामोमा र राति तिनीहरूलाई प्रकाश दिनलाई आगोको खामोमा तिनीहरूका अगि-अगि जानुभयो। न त दिउँसो बादलको खामोले, न त राति आगोको खामोले मानिसहरूका अगि-अगि जान कहिल्यै छोड्यो।
तुलना
अन्वेषण गर्नुहोस् प्रस्थान 13:21-22
2
प्रस्थान 13:17
जब फारोले ती मानिसहरूलाई जान दिए, याहवेहले तिनीहरूलाई पलिश्तीहरूको देश भएर डोर्याउनुभएन; यद्यपि त्यो छोटो थियो। किनकि परमेश्वरले भन्नुभयो, “तिनीहरूले युद्धको सामना गर्नुपर्यो भने तिनीहरूले आफ्ना मन परिवर्तन गरेर इजिप्टतिरै फर्कन सक्छन्।”
अन्वेषण गर्नुहोस् प्रस्थान 13:17
3
प्रस्थान 13:18
यसकारण परमेश्वरले मानिसहरूलाई घुमाएर लाल समुद्रतिर जाने उजाडस्थानको बाटोमा डोर्याउनुभयो। इस्राएलीहरू इजिप्टबाट लडाइँको लागि तयारी भएर निस्के।
अन्वेषण गर्नुहोस् प्रस्थान 13:18
होम
बाइबल
योजनाहरू
भिडियोहरू