1
उपदेशक 7:9
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
झट्टै रिस नदेखाऊ; किनकि रिस मूर्खहरूको काखैमा बास गर्दछ।
तुलना
अन्वेषण गर्नुहोस् उपदेशक 7:9
2
उपदेशक 7:14
जब समय असल हुँदछ, खुशी होऊ; तर जब समय खराब हुँदछ, तब यस कुरामा विचार गर: ती दुवै समय परमेश्वरले नै बनाउनुभएको हो। यसकारण मानिसले आफ्नो भविष्यको बारेमा केही पत्ता लगाउन सक्दैन।
अन्वेषण गर्नुहोस् उपदेशक 7:14
3
उपदेशक 7:8
कुनै पनि कुराको सुरुभन्दा त्यसको अन्त्य उत्तम हो; र अहङ्कारी हुनुभन्दा सहनशील हुनु उत्तम हो।
अन्वेषण गर्नुहोस् उपदेशक 7:8
4
उपदेशक 7:20
वास्तवमा पृथ्वीमा एक जना पनि धर्मी मानिस छैन, जसले हर समय ठिक काम गर्दछ र कहिल्यै पाप गर्दैन।
अन्वेषण गर्नुहोस् उपदेशक 7:20
5
उपदेशक 7:12
जसरी धन एउटा आश्रय हो, त्यसरी नै बुद्धि पनि एक आश्रय हो; तर ज्ञानको फाइदा यही होः बुद्धिले बुद्धिमान् मानिसलाई जोगाइराख्छ।
अन्वेषण गर्नुहोस् उपदेशक 7:12
6
उपदेशक 7:1
असल नाम सुगन्धित अत्तरभन्दा उत्तम हो, अनि मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो।
अन्वेषण गर्नुहोस् उपदेशक 7:1
7
उपदेशक 7:5
मूर्खको गीत सुन्नुभन्दा बुद्धिमान् मानिसको हप्काइमा ध्यान दिनु उत्तम हो।
अन्वेषण गर्नुहोस् उपदेशक 7:5
8
उपदेशक 7:2
भोजको घरमा जानुभन्दा शोक परेको घरमा जानु उत्तम हो; किनकि मृत्यु हरेक मानिसको अन्त्य हो; जीवित मानिसले यो कुरा हृदयमा राखोस्।
अन्वेषण गर्नुहोस् उपदेशक 7:2
9
उपदेशक 7:4
बुद्धिमान्को हृदय शोकको घरमा हुन्छ, तर मूर्खको हृदय भोजको घरमा हुन्छ।
अन्वेषण गर्नुहोस् उपदेशक 7:4
होम
बाइबल
योजनाहरू
भिडियोहरू