1
उपदेशक 4:9-10
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
एक जनाभन्दा दुई जना असल हुन्, किनकि तिनीहरूले मेहनतको असल फल पाउँदछन्: यदि कुनै एउटा लड्यो भने, अर्कोले त्यसलाई उठ्न मदत गर्न सक्छ; तर लड्दा उठाउने कोही नहुँदा कस्तो दुःखको कुरा हुन्छ!
तुलना
अन्वेषण गर्नुहोस् उपदेशक 4:9-10
2
उपदेशक 4:12
एकलो मानिसलाई कसैले जित्ला; तर दुई जनाले त आफ्नो रक्षा गर्न सक्छन्। अनि तीन सुतरीले बाटेर बनेको डोरी झट्टै चुँडिदैन।
अन्वेषण गर्नुहोस् उपदेशक 4:12
3
उपदेशक 4:11
फेरि, दुई जना सँगै सुते भने तिनीहरूलाई न्यानो हुन्छ; तर एकलो त कसरी न्यानो हुन सक्छ र?
अन्वेषण गर्नुहोस् उपदेशक 4:11
4
उपदेशक 4:6
दुई हातको परिश्रमले कमाएको र बतासलाई खेदेको दुई मुट्ठीभन्दा शान्तिको साथमा एक मुट्ठी हुनु अझ असल हो।
अन्वेषण गर्नुहोस् उपदेशक 4:6
5
उपदेशक 4:4
अनि मैले देखेँ, मानिसका सम्पूर्ण परिश्रम र उपलब्धीहरूको मूलचाहिँ त्यसको आफ्ना छिमेकीमाथि भएको डाह हो। यो पनि अर्थहीन छ, बतासलाई खेदेको जस्तो मात्र हो।
अन्वेषण गर्नुहोस् उपदेशक 4:4
6
उपदेशक 4:13
एक गरिब तर बुद्धिमान् युवक एक बूढो तर निर्बुद्धि राजाभन्दा उत्तम हो; जसले कसरी सल्लाह लिने भन्ने कुरा पनि जान्दैन।
अन्वेषण गर्नुहोस् उपदेशक 4:13
होम
बाइबल
योजनाहरू
भिडियोहरू