1
व्यवस्था 28:1
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
यदि याहवेह तिमीहरूका परमेश्वरप्रति तिमीहरू पूर्ण आज्ञाकारी भयौ, र आज मैले तिमीहरूलाई दिइरहेका उहाँका सबै आज्ञाहरूलाई होसियारीसाथ पालन गर्यौ भने याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूभन्दा महान् तुल्याउनुहुनेछ।
तुलना
अन्वेषण गर्नुहोस् व्यवस्था 28:1
2
व्यवस्था 28:2
यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको आज्ञापालन गर्यौ भने यी सबै आशिष्हरू तिमीहरूले पाउनेछौ, र यी तिमीहरूसँग रहिरहनेछन्
अन्वेषण गर्नुहोस् व्यवस्था 28:2
3
व्यवस्था 28:13
याहवेहले तिमीहरूलाई शिर बनाउनुहुनेछ, पुच्छर होइन। यदि तिमीहरूले आज मैले तिमीहरूलाई दिइरहेका याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरूमा ध्यान दियौ, र ती होसियारीसाथ पालन गर्यौ भने तिमीहरू सधैँ उच्चमा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:13
4
व्यवस्था 28:12
तिमीहरूका देशमा ठिक समयमा झरी पठाउन र तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिन याहवेहले आकाश र उहाँका प्रशस्तताको भण्डारलाई खोलिदिनुहुनेछ। तिमीहरूले धेरै जातिहरूलाई ऋण दिनेछौ, तर तिमीहरूले चाहिँ कसैबाट पनि ऋण लिनेछैनौ।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:12
5
व्यवस्था 28:7
तिमीहरूको विरुद्धमा खडा हुने शत्रुहरूलाई याहवेहले तिमीहरूकै सामु परास्त गर्नुहुनेछ। तिनीहरू तिमीहरूमाथि एउटा बाटो आउनेछन्, तर तिमीहरूबाट सात बाटो भएर भाग्नेछन्।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:7
6
व्यवस्था 28:8
याहवेहले तिमीहरूका ढुकुटीहरूमा, र तिमीहरूका हातका हरेक काममा आशिष् दिनुहुनेछ। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूलाई आशिष् दिनुहुनेछ।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:8
7
व्यवस्था 28:6
तिमीहरू भित्र आउँदा र बाहिर जाँदा आशिषित हुनेछौ।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:6
8
व्यवस्था 28:3
याहवेहले तिमीहरूका सहर र खेतबारीमा आशिष् दिनुहुनेछ।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:3
9
व्यवस्था 28:4
याहवेहले तिमीहरूका गर्भ, तिमीहरूका देशका अन्नबाली, तिमीहरूका बथान र बगालका बच्चाहरूमा आशिष् दिनुहुनेछ।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:4
10
व्यवस्था 28:9
याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू तिमीहरूले पालन गर्यौ, र उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले तिमीहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई उहाँका पवित्र जातिको रूपमा स्थापित गर्नुहुनेछ।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:9
11
व्यवस्था 28:5
तिमीहरूका डालो र तिमीहरूका पिठो मुछ्ने भाँडोमा आशिष् दिनुहुनेछ।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:5
12
व्यवस्था 28:11
तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पितापुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा अर्थात् तिमीहरूका गर्भमा, गाईबस्तुका बाछा-बाछीमा र भूमिको उब्जनीमा याहवेहले प्रशस्त मात्रमा समृद्धि गराउनुहुनेछ।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:11
13
व्यवस्था 28:10
तब तिमीहरू याहवेहको नामद्वारा बोलाइएका हौ भनी यस पृथ्वीका सबै मानिसहरूले देख्नेछन्, र तिमीहरूसँग डराउनेछन्।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:10
14
व्यवस्था 28:14
मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरूमध्ये कुनै एउटैबाट पनि दायाँ र बायाँतिर अन्य देवी-देवताहरूका पछि लागेर तिनीहरूको सेवा नगर।
अन्वेषण गर्नुहोस् व्यवस्था 28:14
15
व्यवस्था 28:15
तर यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको आज्ञापालन गरेनौ, र मैले आज तिमीहरूलाई दिइरहेका आज्ञाहरू र उर्दीहरू होसियारीसाथ पालन गरेनौ भने यी सबै श्रापहरू तिमीहरूमाथि आइपर्नेछन्
अन्वेषण गर्नुहोस् व्यवस्था 28:15
होम
बाइबल
योजनाहरू
भिडियोहरू