1
कलस्सी 2:6-7
नेपाली समकालीन संस्करण
जसरी तिमीहरूले ख्रीष्ट येशूलाई प्रभु भनी ग्रहण गर्यौ, त्यसरी नै उहाँमा आफ्नो जीवन बिताओ। उहाँमा जरा हाल्दै र निर्माण हुँदै तिमीहरूलाई सिकाएबमोजिम विश्वासमा दह्रिलो हुँदै अनि धन्यवाद दिनमा प्रशस्त हुँदैजाओ।
तुलना
अन्वेषण गर्नुहोस् कलस्सी 2:6-7
2
कलस्सी 2:8
होसियार होओ कि, कसैले तिमीहरूलाई खोक्रो र छलपूर्ण दर्शनशास्त्रद्वारा शिकार नबनाओस्, जुनचाहिँ ख्रीष्टअनुसार होइन, तर मानवीय परम्परा र यस संसारका आधारभूत सिद्धान्तहरूमा आधारित हुन्छन्।
अन्वेषण गर्नुहोस् कलस्सी 2:8
3
कलस्सी 2:13-14
जब तिमीहरू आफ्ना पापहरूमा र आफ्ना शारीरिक स्वभावको बेखतनामा मरेका थियौ, परमेश्वरले तिमीहरूलाई ख्रीष्टसँग जीवित पार्नुभयो। उहाँले हाम्रा सबै पापहरूलाई क्षमा गरिदिनुभयो। उहाँले हाम्रा विरुद्धमा भएका दोषपत्रलाई रद्द गरिदिनुभयो र क्रूसमा काँटी ठोकेर यसलाई हटाइदिनुभयो।
अन्वेषण गर्नुहोस् कलस्सी 2:13-14
4
कलस्सी 2:9-10
किनकि ईश्वरत्वको सारा परिपूर्णता ख्रीष्टको शरीरमा वास गर्दछ। अनि उहाँमा तिमीहरू पूर्णतामा ल्याइएका छौ। उहाँ हरेक शक्ति र अधिकारमाथि शिर हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् कलस्सी 2:9-10
5
कलस्सी 2:16-17
यसकारण तिमीहरूलाई कसैले खाने वा पिउने वा धार्मिक उत्सवको विषयमा, औंसी वा विश्रामदिन मनाउने कुरामा दोष नदियोस्। यिनीहरू त आउनेवाला कुराहरूका छाया मात्र हुन्, तर वास्तविकता चाहिँ ख्रीष्टमा पाइन्छ।
अन्वेषण गर्नुहोस् कलस्सी 2:16-17
होम
बाइबल
योजनाहरू
भिडियोहरू